सुरेश यादव,नवलपरासी / फागुन ३० ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा यहि फागुन १६ गते देखि संचालित छैठौं नवलपरासी ओैधाेगिक व्यापार मेला २०८० समापन समारोह सहित सम्पन्न भएकाे छ ।
नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीकाे अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य एवम् पुर्व कानुन मन्त्री ध्रुब बहादुर प्रधानकाे प्रमुख आतिथ्यता समापन समारोह सम्पन्न भएकाे हाे । कार्यक्रमलाई सम्बाेधन प्रमुख अतिथि प्रधानले आज देशका प्रधानमन्त्रीले विश्वासकाे मत लिने दिनमा यश मेलाकाे समापन समारोहमा सहभागी हुदा जुन उदेश्यका साथ याे ओैधाेगिक व्यापार मेला सुरु भएकाे थियाे पुर्ण रुपमा सफल नहुदा नवलपरासीका राजनीतिक दल र जनताकाे लागि गम्भीर सवालकाे रुपमा देखिएकाे छ ।
विशिष्ट अतिथि पुर्व गृह राज्य मन्त्री देवेन्द्रराज कंडेलले यस जिल्ला ओैधाेगिक करिडोरकाे रुपमा स्थापितकाे रुपमा परिचित हुदा यश मेलामा कत्तिको उद्योगहरुकाे स्टल रह्यो र विगतका दिनमा मेला विधिवत रुपमा सफल रहेता पनि यश पटक सफल नहुनुकाे जिम्मेवार काे हुने जाेड दिनुभयाे ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवाल,लुम्बिनी प्रदेश सरकारका सचिव यम नारायण देवकोटा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव प्रसाद भण्डारी,रामग्राम नगरपालिका का उपप्रमुख सम्झना चाैधरी,केन्द्रीय सदस्य पुरन चाैधरी,जसपा जिल्ला अध्यक्ष धरेन्द्र यादव,रास्वपा नगर सभापति रवि पाण्डे,प्रहरी प्रमुख काजी कुमार आचार्य,संघका वरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरी,कार्यकारिणी सदस्यहरु राजु देवान,सुनिल कशाैधन,रमेश यादव,रामग्राम जेसिजका अध्यक्ष माेहन पाैडेल,महिला जेसिजकि अध्यक्ष बिनिता खड्का लगायतकाे उपस्थिति रहेकाे संघका महासचिव एवम् कार्यक्रम संचालक तारा आचार्यले जानकारी दिनुभयाे । मेलाकाे उद्घाटन फागुन १६ गते तत्कालीन अर्थ मन्त्री डा.प्रकाश सरण महतले गर्नुभएकाे थियाे ।