सुरेश यादव,नवलपरासी / फागुन २० ।
नवलपरासीको पुरानो क्याम्पस, पाल्ही बहुमुखी क्याम्पसको नयाँ नेतृत्व चयनका लागी भएको निर्वाचमा पुनःराधेश्याम पाठक विजयी हुनु भएको छ । पाठक योसँगै क्याम्पस व्यवस्थापन समितिमा चौथो पटक अध्यक्ष बन्नु भएको हो ।
अध्यक्ष पाठकले २ सय १६ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी धुरहु यादवले २ सय ६ मत प्राप्त गर्नु भएकाे छ ।
यस्तै लेखा समितिको संयोजकमा रवि पाण्डे विजयी हुनु भएको छ । उहाँले २ सय २८ मत प्राप्त गर्दा उहाँसँगै प्रतिस्पर्धामा रहनु भएकी रिंगला यादवले १ सय ९८ मत प्राप्त गर्नु भएकाे छ ।
पाल्ही बहुमुखी क्याम्पसमा कुल ४ सय ८७ जना मतदाता रहेका थिए । जसमध्ये ४ सय ५७ मत अर्थात ९४ प्रतिशत मत खसेको थियो ।
पाठक नेपाली काग्रेस सहित राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको सर्मथनमा उम्मेदवार बन्नु भएको थियो भने जनता समाजवादी पार्टी जसपाका लुम्बिनी प्रदेश सदस्य रहनु भएका यादवलाई नेकपा एमाले सहित नेकपा माओवादीका दलले सर्मथन गरेका थिए । कार्यसमितिको बाँकि पद भने अध्यक्षले मनोनयन गर्ने विधानतमा व्यवस्था रहेको छ ।
एक महिला सदस्य र दुई जना संरक्षक सदस्य भने सर्वसम्मत निर्वाचित भएका थिए । महिला सदस्यमा लक्ष्मी पन्थी पौडेल सर्वसम्मत हुनुभएको छ भने संरक्षकमा श्याम अग्रवाल र नगेन्द्र अग्रहरी सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ ।