सुरेश यादव,नवलपरासी / फागुन १८ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ४ सुर्यपुरामा रहेकाे हिलेरियस चिल्ड्रेन एकेडेमीले १९ वर्ष पूरा गरेकाे अवसरमा १९ ओैं वार्षिकोत्सब मनाएकाे छ । स्कुलका व्यवस्थापन समिति सदस्य रमेश कुर्मीकाे अध्यक्षता तथा प्रदेश सभा सदस्य बैजनाथ कलवारकाे प्रमुख आतिथ्यतामा वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा वरिष्ठ शिक्षकहरु देवेन्द्र कुमार सिंह,कैलाश ठाकुर,केदाारनाथ गुप्तालाई सम्मान पत्र सहित र स्कुलकाे नाम चिनाउने विद्यार्थीहरुलाई सम्मान गरिएकाे भाइस प्रिन्सिपल सुरज ठाकुरले जानकारी दिनुभयाे । स्कुलले कक्षा ८,९ र १० A+ ल्याउने विद्यार्थीलाई जेके स्कलर शिप समेत प्रदान गर्दै आएकाे स्कुलका प्रिन्सिपल जनार्दन ठाकुरले बताउनुभयो । साथै विद्यार्थीहरूले आफै बनाएकाे बिज्ञानकाे प्रदर्शनी समेत राखिएको थियाे ।
कार्यक्रममा रामग्राम ४ का वडा अध्यक्ष मदन यादव,पत्रकार सुरेश यादव लगायतकाे उपस्थिति रहेकाे थियाे ।