सुरेश यादव,नवलपरासी / फागुन १६ ।
पश्चिम नवलपरासीको मुल भन्सारकाे रुपमा रहेकाे महेसपुर भन्सारकाे अर्थमन्त्री डा.प्रकाशशरण महतले स्थलगत निरिक्षण गर्दै राजश्व संकलन वृद्धि गर्न अर्थमन्त्री डाक्टर महतले महेसपुर भन्सार नाकाको स्थलगत निरिक्षण गर्नुभएको छ । नेपाल र भारतको सिमावर्ती क्षेत्र महेसपुरको स्थलगत निरिक्षण पछि मन्त्री महतले महेसपुर भन्सार कार्यालयको राजश्व संकलनको अवस्थाका विषयमा जानकारी लिनुभएको थियो । भन्सार कार्यालय बाट अपेक्षित रुपमा राजश्व संकलन हुन नसकेकाले राजश्व संकलनको अवस्था सुधार गर्न कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । सिमावर्ती क्षेत्र बाट हुने चोरी निकासि नियन्त्रण गरि प्रहरी प्रशासन संगको समन्वयमा भन्सारको राजश्व सकंलन वृद्धि गर्न उहाँले निर्देशन दिनुभएको हो । सो क्रममा अर्थमन्त्री महतले महेसपुर भन्सारको पुर्वाधार विकासका लागी छिट्टै प्रक्रिया अगाडी बढाउने बताउदै महेसपुर नाका बाट सुरु भएको सडक विस्तारको कार्यका लागी पनि बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
साथै महेसपुर भन्सारमा आवश्यक एक्जिम कोड, प्लान्ट क्वारेन्टाईनको लगायतका आवश्यक व्यवस्था गर्ने पनि मन्त्री महतले प्रतिवद्धता व्यत्तः गर्नुभयो । सो क्रममा भन्सार कार्यालयका प्रमुख वुद्धिकुमार चुडाँलले भन्सारमा प्लान्ट क्वारेन्टाईन लगायतका पुर्वाधार अभावका कारण लक्ष्य अनुरुपको राजश्व संकलन हुन नसकेको बताउनुभएको थियो । प्रमुख जिल्ला अधिकारी सुरेस पन्थीले सबै पक्ष संगको समन्वयमा सिमावर्ती क्षेत्रमा निगरानी बढाई सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाएको बताउनुभयो । सो क्रममा पुर्वगृहराज्य मन्त्री देवेन्द्रराज कंण्डेल, प्रदेश सभा सदस्य वैजनाथ कलवार, पाल्हीनन्दन गाँउपालिकाका अध्यक्ष वैजु प्रसाद गुप्ता, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य केशव भण्डारी लगायतले भैरहवा भन्सारमा भएको बढ्दो चाप नियन्त्रण गर्न महेसपुर भन्सारको पुर्वाधार विस्तार गर्नुपर्नेमा अर्थमन्त्रीको ध्यानआर्कषण गराउनुभएको थियो ।