सुरेश यादव,नवलपरासी / फागुन १५ ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा नवलपरासी उद्योग वाणिज्य संघकाे आयाेजनामा भाेलि देखि छैठौं नवलपरासी ओैधाेगिक व्यापार मेला २०८० शान्ति,समृद्ध उद्योग र व्यापार:राष्ट्र निर्माणकाे बलियाे आधार भन्ने नाराका साथ सुरु हुने भएकाे छ । मेला उद्घाटन नेपाल सरकारका अर्थ मन्त्री डा.प्रकाश शरण महतले गर्ने नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले बताउनुभयाे ।
मेलामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल,नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्मा र केन्द्रीय सदस्य तथा संघका पदाधिकारीहरुकाे उपस्थिति रहने उद्योग उपाध्यक्ष गिरीराज पाण्डेले जानकारी दिनुभयाे । मेलामा कृषि, पर्यटन, उद्योग, व्यापार एवं सुचना प्रविधिको वृहत् प्रदर्शनी रहने आयाेजकले जनाएको छ । विगतका दिनमा ५ पटक मेला सफल भएकाे र छैठौं पटक त्यसै उदेश्यका साथ आयाेजना गरिएकाे र मेलामा ५ कराेड १० लाखसम्म आर्थिक काराेबार हुने भने २ लाख दर्शकले मेला अवलोकन गर्ने अनुमान गरिएको वाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्तले बताउनुभयो ।
भाेलि उद्घाटनका दिन नि:शुल्क प्रवेश गराईने र अन्य दिनमा साधारणकाे लागि १ सय, विद्यार्थीहरुकाे लागि ७० रुपैया,विद्यालयबाट समुहमा आएका लागि ५० रुपैया र जेष्ठ नागरिक,अशक्त,अपांग र फरक क्षमता भएका लागि नि:शुल्क टिकटको व्यवस्था गरिएको भने मेला यहि फागुन १६ देखि ३० गतेसम्म चल्ने वरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरीले जानकारी दिनुभयाे ।