सुरेश यादव,नवलपरासी / फागुन ०४ ।
पश्चिम नवलपरासीको नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा पुर्व गृह राज्य मन्त्री देवेन्द्रराज कण्डलले आसन्न महासमिति वैठकमा नीति प्रस्तावका लागि आठबुंदे सुझाव पेश गर्नुभएकाे छ ।
कण्डेलले पहिलो बुंंदामा पार्टी नेपाल सनातन हिन्दुराष्ट्र,धर्म निरपेक्ष वा धर्म सापेक्ष के को पक्षमा उभिने हो प्रष्ट पार्नुपर्ने विषय छलफलका लागि प्रस्ताव गर्नुभएकाे छ ।यस्तै भ्रष्टाचार आरोपमा जुनसुकै तहको नेतामाथि छानवीन पश्चात मुद्दा दर्ता भई अदालतबाट निर्णय नभएसम्म पार्टीको कुनै पनि तह र सार्वजनिक पदमा बस्न नपाउने निर्णय लिनुपर्ने कण्डेलको प्रस्ताव छ ।
विभिन्न संवैधानिक निकायमा हुने पदपुर्ति राजनीतिक भागवण्डाको आधारमा नभई स्वच्छ प्रतिपस्पर्धा,कार्य मुल्याङकन र वैज्ञानिक मापदण्डका आधारमा निष्पक्ष ढंगले हुनुपर्ने उहाँको प्रस्ताव छ । चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको प्रमाणित भएपछि निजलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निश्कासन गरिनुपर्ने उहाँको प्रस्ताव छ ।
जुनसुकै तहको चुनावा उमेदवार भई पराजितलाई ५ वर्षसम्म कुनैपनि लाभको पदमा मनोनयन वा निर्वाचित गर्न नपाइने नीति बनाउन कंडेलले प्रस्ताव गर्नुभयाे । २०८४ सालको सबै तहका चुनावमा पार्टीले चुना अगावै कुनै पनि दलसंग गठबन्धन गर्न नहुने नीति महासमिति वैठकबाट पारित गर्नुपर्ने उहाँको प्रस्ताव छ । पर्टीको जुनसुकै अधिवेशनमा पराजित नेतालाई सो पद भन्दा माथिल्लो पदमा मनोनित गर्न नपाइने र सभापतिमा पराजितलाई वरिष्ठ नेता मनोनित गर्ने नीति पारित गर्नुपर्ने कण्डेलले प्रस्ताव गर्नुभएको छ ।