सुरेश यादव,नवलपरासी / फागुन ०३ ।
पश्चिम नवलपरासीकाे प्रतापपुर गाउँपालिका वडा नं. २ बाट मोटरसाइकल चोरी गरी भागेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले प्रतापपुर गाउँपालिका वडा नं. १ भिठ्ठा बस्ने बर्ष २४ का कुमार चौधरी (थारु) र राहुल यादवलाई पक्राउ गरेको हो ।
उनिहरुले सेमरीको गोपिगञ्ज स्थित छायाँ होटल अगाडी सडकबाट लु २ प १२५६ नम्बरको हिरो होण्डा स्पेलेण्डर मोटरसाईकल चोरी गरेका थिए । प्रतापपुर वडा नं. १ सेमरी वस्ने बिजय चौधरीले पार्किङ गरी राखेको मोटरसाईकल चोरी भएको हो ।
प्रहरीले दुवैजनालाई पक्राउ गरी चोरी सम्बन्धी कसुर मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो ।