अबैध धान र घाँसको बीउ बरामद 

सुरेश यादव,नवलपरासी / फागुन ०३ ।

पश्चिम नवलपरासी प्रहरीले भारतबाट अबैध रुपमा ल्याइएको धान तथा घाँसको बीउ बरामद गरेको छ । प्रहरीको विभिन्न इकाईबाट खटिएको प्रहरी टोलीले अबैध धान र घाँसको बीउ बरामद गरिएको हो ।

मंगलबार जिल्लाको सरावल गाउँपालिका- ७ जय प्रकाश पाण्डे र सत्यश्वर पाण्डेको घर अगाडी बेवारिसे अवस्थामा राखेको १५५ बोरा (६९.७५ क्वीन्टल) धान अन्दाजी मूल्य रू.३,२७,८२५/- (अक्षरेपी तीन लाख सत्ताईस हजार आठ सय पच्चिस रुपैंया) र ५३ बोरा (२६.५ क्वीन्टल) घाँसको बिउ अन्दाजी मूल्य रू.२,६५,०००/- (अक्षरेपी दुई लाख पैसठ्ठी हजार) बराबरको अबैध धान र घाँसको बीउ बरामद गरी आबश्यक कारबाहीका लागि महेशपुर भंसार कार्यालयमा बुझाएको कार्यालयका सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयाे । यस बारेमा थप अनुसन्धानसमेत भैइरहेको बोहराले बताउनुभयाे ।