आठ नम्बर जग्गामा सहदवनकाे रुख अबैध रुपमा भगवानलाल गाैडद्वारा फडानी

नवलपरासी / फागुन ०१ ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ मंगलापुरमा आठ नम्बर जग्गामा रहेको सहदवनकाे रुख अबैध रुपमा फडानी गरिएकाे छ ।

स्थानीय भगवानलाल गाैडले महेशपुर भुतहा सडक खण्ड मंगलापुरमा रहेको ८ नम्बर जग्गामा सहदवनकाे रुख बिना अनुमति काटेका छन ।

सरावल गाउँपालिका –४ स्थित रहेको आठ नम्बर जग्गाको रुख जिल्ला वन कर्मचारीको मिलिमतोमा फडानी भएको भएको हो ।

आठ नम्बर जग्गामा रहेको रुख विरुवा बिना अनुमति काट्न नपाईने प्रावधान रहेपनि जिल्ला वन कर्मचारीको संलग्नतामा रुख काटिएको आशंका छ ।

उक्त जग्गाको रुख फडानी गरि बिक्रीवितरण गरिएको छ । रुख काटिएको खबर स्थानीयले जिल्ला बन कार्यालयका डिपाे महेन्द्र राज वाग्लेलाई जानकारी दिदा समेत ब्यवास्ता गरेको पाइएको छ ।