सुरेश यादव,नवलपरासी / माघ २८ ।
जिल्ला क्रिकेट संघ पश्चिम नवलपरासीको आयाेजना संचालित एटसल इन्टर स्कुल कप २०८० जनता मा वि डैनहवाले २० ओभरमा ९ विकेट गुमाउँदै १२२ रन बनाई बिजयी भएकाे छ ।
रामनगर एकेडेमी भुमहीले १९.३ ओभरमा ७२ रनमा बनाउँदै अलआउट भएकाे जिल्ला क्रिकेट संघका गाेपाल सिंह आलेले जानकारी दिनुभयाे । फाईनल खेलमा म्यान अफ द म्याच सहबाज अली,वेस्ट बलर रामनगर एकेडेमीका साैरभ न्याैपाने,वेस्ट ब्याट्सम्यान जगन्नाथ मा वि का मनिष तिवारी र म्यान अफ द सिरिज जनता मा वि डैनहवाका सन्नी चाैधरी भएकाे आयाेजकले जनाएकाे छ ।
जिल्ला क्रिकेट संघ नवलपरासीका अध्यक्ष कृष्णप्रसाद क्षेत्रीकाे अध्यक्षता तथा सुनवल नगरपालिका वडा नं १३ का वडा अध्यक्ष कृष्णप्रसाद वगालेकाे प्रमुख आतिथ्यतामा भएकाे खेलमा प्रथम हुने टिमले २० हजार नगद सहित कप र मेडल तथा दाेश्राे हुने टिमले १० हजार नगद सहित कप र मेडल वितरण गरिएको कार्यक्रम संचालक गाेपाल सिंह आलेले बताउनुभयाे ।