सुरेश यादव,नवलपरासी / माघ २५।
पश्चिम नवलपरासीकाे परासीमा रहेकाे मानुषी लघुवित्त वित्तीय संसथाकाे वार्षिक केन्द्र प्रमुख गाेष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम आज सम्पन्न भएकाे छ ।
मानुषी लघुवित्त वित्तीय संस्थाकी प्रमुख कार्यकारिणी अधिकृत शाेभा बज्राचार्यकाे अध्यक्षता तथा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवकाे प्रमुख आतिथ्यता सम्पन्न भएकाे हाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि यादवले लघुवित्त वित्तिय संस्थाबाट ऋण लिदा जुन प्रयाेजनकाे लागि लिने गर्नुभएकाे छ ऋणीहरुले त्यसै काममा प्रयाेग गर्नुहाेला अन्य कार्यकाे लागि दुरुपयोग नगरि आफुले साेचेकाे उद्धममा लागि रहेन अनुराेध गर्नुभयाे ।
संस्थाले परासी शाखाबाट २६ केन्द्र बनाई हाल काराेबार गरिरहेका परासी शाखा प्रमुख राजकुमार तिमिल्सिनाले बताउनुभयाे र वार्षिक केन्द्र प्रमुख गाेष्ठी कार्यक्रममा उत्कृष्ट ऋणी,उत्कृष्ट बचत कर्ता साथै विभिन्न केन्द्रलाई सम्मान सहित प्रशंसा पत्र र नगद प्रदान गरिएकाे प्रमुख कार्यकारिणी अधिकृत बज्राचार्यले बताउनुभयाे ।