सुरेश यादव,नवलपरासी / माघ २५ ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ३ भिमटाडीमा अगरबत्ती बनाउने तालिम आज सुरु भएकाे छ ।
पब्लिक फाउन्डेसन रामग्राम ४ काे आयाेजना तथा सरावल गाउँपालिकाकाे आर्थिक सहयाेगमा सुरु भएकाे हाे । पब्लिक फाउन्डेसनका अध्यक्ष महेश यादवकाे अध्यक्षता तथा समाजसेवी ईन्द्रकमल यादवकाे प्रमुख आतिथ्यता सुरु भएकाे कार्यक्रममा बाेल्दै प्रमुख अतिथी यादवले सीप सिकेर आफ्नो आत्म निर्भरलाई अगाडि बढाउन सकिने बताउदै सिकेर आफ्नै घरमा पनि प्रयाेगका लागि बनाउन सक्ने जाेडदिनु भयाे ।
कार्यक्रममा गाउँपालिका का कृषि शाखा प्रमुख कुलदिप मिश्रा,महिला तथा बालबालिका शाखाका माया रेग्मी,प्रशिक्षक मनिशा काेहार लगायतले बाेल्नुभएकाे थियाे भने स्वागत मन्तव्य संस्थाकि सदस्य डाेलमा चाैधरीले राख्नुभएकाे थियाे र तालिम आज देखि तीन दिन सम्म चल्ने कार्यक्रम संचालक एवम् संस्थाका काेषाध्यक्ष सुरेश यादवले जानकारी दिनुभयाे ।