जसपा नवलपरासी द्वारा पाल्हि क्याम्पसको प्रशासनिक काेठामा तालाबन्दी 

सुरेश यादव,नवलपरासी / माघ २३ ।

पश्चिम नवलपरासीको सबैभन्दा पुरानाे पाल्हि बहुमुखी क्याम्पसकाे प्रशासनिक काेठामा जनता समाजवादी पार्टी नवलपरासीले आज बिहान तालाबन्दी गरेकाे छ ।

पुरानाे सदस्यहरुकाे नवीकरण नगरि नयाँ सदस्यताकाे अहवान गरि सदस्यता लिई रहेकाे र सदस्य बन्नकाे लागि १० हजार जम्मा गर्नु प्रवधान रहेकाे क्याम्पस प्रशासनले जनाएको छ । जसपा नवलपरासीले यहि माघ १२ गते क्याम्पसका प्रमुख दिपक अर्याल र संचालक समितिका अध्यक्ष अध्यक्ष राधेश्याम पाठकलाई ज्ञापनपत्र बुझाए पछि कुनै प्रकारकाे चासाे नदिएकाे भन्दै तालाबन्दी गरिएकाे क्याम्पसमा तालाबन्दी हुदा बिद्यार्थीलाई कुनै असर नहुने जिल्ला अध्यक्ष धरेन्द्र यादवले बताउनुभयाे ।

शनिबार बसेकाे सर्वदलीय बैठकले पनि पुरानो सदस्यहरुकाे सदस्यता नविकरण गर्नु पर्ने निर्णय गर्दा समेत अध्यक्ष पाठक लगायत संचालक समितिले चासाे नदिएकाे र क्याम्पसका अध्यक्षले केही आर्थिक रुपमा चलखेल गरेकाे रामग्राम ४ का वडा अध्यक्ष एवम् जसपा जिल्ला सचिव मदन यादवले जानकारी दिनुभयो ।