पाल्हिनन्दनबाट लागुओैषध सहित २ जना पक्राउ

सुरेश यादव,नवलपरासी / माघ २२

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं १ महेशपुरबाट यहि माघ १९ गते शुक्रबार साझ ६:४५ बजेकाे समयमा ईलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरी टाेलीले लागुओैषध सहित २ जनालाई पक्राउ गरेकाे थियाे ।

दक्षिणबाट उत्तरतर्फ आउदै गरेकाे लु ३५ प ५६१३ नम्बरको माेटरसाईकललाई शंका लागि चेकजाँच गर्दा तत्काल नाम र ठेगाना खुल्न आएकाे माेटरसाईकल चालक जिल्लाकाे सुनवल नगरपालिका वडा नं ०७ अस्नैया घर भई हाल रुपन्देहीको बुटवल उप-महानगरपालिका वडा नं ११ देविनगर बस्ने वर्ष २८ काे सराेज चाैधरी र साेही माेटरसाईकलमा पछाडि सवार बाग्लुङकाे साविक हटिया गा.वि.स वडा नं ०३ हाल गल्काेट नगरपालिका वडा नं ०३ हटिया घर भई हाल बुटवल ११ देविनगर बस्ने वर्ष २२ की पवित्रा परियार चाैधरीकाे शरीर खानतलासी गर्दा निजहरू मध्य माेटरसाईकल चालक सराेेज चाैधरीले लगाएकाे हेल्मेट भित्र लुकाई छिपाई राखेकाे अवस्थामा लागुओैषध सहित नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी रेशम बाेहराले जानकारी दिनुभयो ।

उनीहरुकाे साथबाट खैराे हिराेईन जस्ताे देखिने ६ पुरिया पलाष्टिक सहित ताैल गर्दा ६ ग्राम ६ सय २० मिलीग्राम फेलापारी उक्त लागुओैषध,माेटरसाईकल र दुवैजनालाई नियन्त्रणमा लिई आज साेमबार लागुओैषध मुद्दामा जिल्ला अदालत नवलपरासीबाट म्याद थप गरि अनुसन्धान कार्य भईरहेकाे सुचना अधिकारी बाेहराले बताउनुभयाे ।