पाल्हिनन्दन ४ काे कार्यालयमा जसपाद्वारा तालाबन्दी

सुरेश यादव,नवलपरासी / माघ २२ ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाको वडा नम्बर ४ को कार्यालयमा जनता समाजवादी पार्टी जसपाले तालाबन्दी गरिदिएको छ । वडाको बजेट बाट भएको धार्मिक कार्यक्रममा भ्रष्ट्रचार भएको भन्दै जसपाले वडामा तालाबन्दी गरेको हो । पटक पटक कागजपत्र माग गर्दा उपलब्ध नगराएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको जसपा पाल्हीनन्दन गाँउकार्यसमितिका अध्यक्ष व्यासमुनी यादवले बताउनुभयो ।

वडा नम्बर ४ को बरमपुरवा टोलमा आर्थिक सहयोगको नाममा वडा अध्यक्ष रविन्द्र सहानीले पुजा उपभोक्ता समिति बनाई १८ हजार रुपैयाँ भ्रष्ट्रचार गरेको जसपाले आरोप लगाएको छ । भ्रष्ट्रचार गर्ने उदेश्यले आफ्ना कार्यकर्तालाई राखेर उपभोक्ता समिति गठन गरेको र हिसाबकिताब माग गर्दा कुनै सुनुवाई नभएपनि तालाबन्दी गर्नुपरेको यादवले बताउनुभयो ।