एक सुनचाँदी व्यवसायी माथि गाेली प्रहार

नवलपरासी / माघ २१ ।

पश्चिम नवलपरासीको एक सुनचाँदी व्यवसायी माथि गोलि प्रहार भएको छ । जिल्लाको बर्दघाट नगरपालिका बस्ने अन्दाजी बर्ष ६५ को सुनचाँदी व्यवसायी गजेन्द्र बिश्वकर्मा आफ्नो सुस्ता गाउँपालिका वार्ड न १ बरुवामा रहेको सुनचाँदी पसल बन्द गरेर घर फर्किने क्रममा बर्दघाट नगरपालिका वार्ड न १६ स्थित केराबारी गाउको नजिक पुलमा अज्ञात ब्यक्तिको गोलि प्रहारबाट घाइते भइ उपचारको लागि चिसापानी अस्पतालमा पठाएको र घाइते सुनचाँदी व्यवसायी बिश्वकर्माको श्वासप्रश्वासमा समस्या देखिएपछि चिसापानी अस्पतालले रुपन्देही स्थित बुटवलको तिनाउ अस्पतालमा रेफर गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताउनुभयाे ।

सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बोहराका अनुसार घाइते बिश्वकर्माको पाखुरामा गोलि लागेको र उपचारका लागि बुटवलको तिनाउ अस्पतालमा पठाएको र गोलि प्रहार गर्ने ब्यक्तिको खोजी कार्य भइरहेको जानकारी दिनुभयाे ।