सुरेश यादव,नवलपरासी / माघ १८ ।
पश्चिम नवलपरासी रामग्राम नगरपालिका वडा नं १० मन्झरियाबाट २८ बाेरा करिव १५ क्विन्टल सुजी नवलपरासी प्रहरीले बरामद गरेकाे छ ।
गाेदाममा लुकाईछिपाई अवैध रुपमा राखेकाे अवस्थामा उक्त सुजी जिल्ला जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टाेलीले दिउसाे ३ बजेकाे समयमा पक्राउ गरि बरामद गरिएकाे सुचना अधिकारी एवम् डिएसपी रेशम बाेहराले जानकारी दिनुभयाे ।
बरामद गरिएकाे सुजी थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको सुचना अधिकारी बाेहराले बताउनुभयो ।