जसपा पाल्हिनन्दन कमिटिले पाल्हिनन्दन गाउँपालिकालाई बुझायो ज्ञापनपत्र

सुरेश यादव,नवलपरासी / माघ १७ ।

पश्चिम नवलपरासीाकाे जनता समाजवादी पार्टी पाल्हिनन्दन कमिटीले  पाल्हिनन्दन गाउँपालिकालाई ज्ञापनपत्र बुझाएकाे छ । पाल्हिनन्दनकाे वडा नं १ देखि वडा नं ६ विभिन्न याेजनाहरु जस्तै तालिम,खेलकुद कार्यक्रम,सिलाई कटाई र आर्थिक सहयाेगका नाममा कार्यक्रम गरि चरम भ्रष्टाचार भईरहेकाे जानकारी गराउदै ज्ञापनपत्र बुझाईएकाे पाल्हिनन्दनका अध्यक्ष व्यासमुनी यादवले जानकारी दिनुभयाे ।

यस्तै पाल्हिनन्दन ४ बरमपुरवामा आर्थिक नाममा वडा अध्यक्षकाे निर्देशन अनुसार आफ्नाे पार्टीगत कार्यकर्ता लगाई श्री पुजा उपभोक्ता समिति बनाएर १८ हजार बराबरको भ्रष्टाचार गरेकाे देखिएकाले ज्ञापनपत्र बुझाएको जसपाका नेता गाेरखनाथ यादवले जानकारी दिनुभयाे । बरमपुरवाका व्यक्ति सँग साेधपुछ गर्दा यस टाेलमा कहि कतै पनि वडा र गाउँपालिकाकाे सहयाेगबाट पुजा पाठ भएकाे नदेखिएकाे र आर्थिक सहयाेगकाे लागि सरकारकाे बजेटलाई कार्यकर्ता मार्फत भ्रष्टाचार गराउन उद्देश्यले वडा अध्यक्ष रविन्द्र सहानीले सिफारिस दिएका थिएका थिए ।

भ्रष्टाचारमा संगलन व्यक्ति तथा कर्मचारीलाई छानबिन गरि दाेषी माथि कार्यवाही गर्नकाे लागि जसपा नेपाल पाल्हिनन्दन कमिटीले जाेरदार माग समेत गरेकाे छ । सम्बन्धित निकायकाे ध्यान नपुगेकाे खण्डमा जसपा पाल्हिनन्दनले दाेस्राे चरणकाे दबाब मुलक कार्य अगाडि बढाउन अमिल समेत गरेकाे छ ।