रामग्राम नगर स्तरीय दाेस्राे राष्ट्रपति रनिङं शिल्ड प्रतियाेगिता सुरु

सुरेश यादव,नवलपरासी / माघ १४ ।

पश्चिम नवलपरासीको सबै भन्दा पुरानो नगरपालिका रामग्राम नगरपालिकामा नगर स्तरीय दाेस्राे राष्ट्रपति रनिङं शिल्ड प्रतियाेगिता आज देखि सुरु भएकाे छ ।

रामग्राम नगरपालिका का नगरप्रमुख धनपत यादवकाे अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य एवम् पुर्व कानुन मन्त्री धुव्र बहादुर प्रधानकाे प्रमुख आतिथ्यतामा प्रतियोगिता सुरु भएकाे हाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि प्रधानले खेलकुदमा स्थानीय,प्रदेश र संघिय सरकारले प्राथमिकता साथ लाग्नु पर्नेमा जाेड दिनुभयाे साथै कपर्दी र कुस्ती काे कवर्ड हल बनाउनका लागि सबै जनप्रतिनिधी का साथ प्रतिबद्धता समेत व्यक्त गर्नुभयाे ।

आज देखि तीन सम्म सञ्चालन हुने कार्यक्रममा सिन नवलपरासीका अध्यक्ष सुमन गाेपाल अचार्य,प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी,जिल्ला समन्वय समितिका प्रमुख भगवती यादव ( रुदल ),प्रदेश सभा सदस्य खड्क बस्नेत लगायतले बाेल्नुभएकाे थियाे भने स्वागत मन्तव्य नगर उपप्रमुख सम्झना चाैधरी राख्नुभएको कार्यक्रम सञ्चालक नगर शिक्षा अधिकृत सुन्दर खनालले जानकारी दिनुभयाे ।