जसपा नवलपरासीले रामग्रामलाई बुझायो ज्ञापनपत्र

सुरेश यादव,नवलपरासी / माघ १४ ।

जनता समाजवादी पार्टी पश्चिम नवलपरासीले रामग्राम नगरपालिकालाई शुक्रबार ज्ञापनपत्र बुझाएकाे छ । रामग्राम नगर भित्र रहेका सामुदायिक विद्यालयहरुकाे शिक्षाकाे स्तर कति निम्न छ भन्ने कुरा सबैलाई अवगत गराउदै ज्ञापनपत्र बुझाईएकाे वडा नं ४ का वडा अध्यक्ष एवम् जसपा जिल्ला सचिव मदन यादवले जानकारी दिनुभयाे ।

एसईई काे परीक्षा आउदै गर्दा शिक्षकहरुकाे काज सरुवा गरि शिक्षालाई न्यून गर्ने तथा विद्यार्थीहरुकाे भविष्य संग खेलवाड गर्ने प्रयत्न रामग्राम बाट भएकाेमा जसपा नवलपरासीले ध्यानाकर्षण गराउन र सरुवा भएका शिक्षकहरुकाे तत्काल काज सरुवा राेक्न माग गर्दै ज्ञापनपत्र बुझाएकाे जिल्ला अध्यक्ष धरेन्द्र यादवले बताउनुभयो ।

रामग्राम क्षेत्र रहेका उद्योगहरुले सार्वजनिक जग्गा मिचि समुचित फाेहाेर व्यवस्थापन नगरि प्रचुर मात्रामा प्रदुषणले बढी आम समुदायहरुकाे स्वास्थ्यमा असर र जमिन बन्जर हुँदै गएकाेले जसपा नवलपरासीले घाेर आपत्ति समेत जनाएको छ ।