नवलपरासी / माघ १३ ।
पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयलाई चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्य अनुसारको राजश्व संकलन गर्न हम्य–हम्य परेको छ । विगतमा राजश्व असुलीमा योगदान गरेका सामाग्रीमा आयातमा कमी आउँदा राजश्व लक्ष्य अनुसार संकलन हुन नसकेको महेशपुर भन्सार कार्यालयका सूचना अधिकारी मोहराज शर्माले जानकारी दिए ।
भन्सार शुल्क बढी लाग्ने सामानको आयात दर घट्दा लक्ष्य अनुसारको राजश्व संकलन गर्न कठिनाई भएको उनको भनाइ छ । राजश्व संकलनमा योगदान दिँदै आएका चामल,र अहिले चीनी प्रतिबन्ध लगाएको छ । भने केही बस्तुको आयात घटेका कारण राजश्व संकलन प्रभावित बन्न पुगेको हो ।
मुल भन्सारमा परिणत भएपनि भन्सारलाई आवश्यक जग्गा अधिग्रहण,बाटोघाटो,गोदाम, पार्किङ्ग,भवन,प्लान्ट क्वारेन्टाईन चेकपोष्ट जस्ता मुख्य कार्यमा सरकारले ध्यान नदिँदा भन्सारमा व्यपारीहरुको चाप र कारोबार फिटिक्कै बढेको पाएछैन । त्यस्तै आयातको कमीले देशभरका भन्सारले लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको बताए ।
भन्सार कार्यालयले चालु वर्ष २०८०÷८१ को साउनमा १ करोड ५५ लाख २० हजार लक्ष्य लिएकोमा ६३ लाख ७० हजार २ सय ३१ मात्र असुली गरेको छ । यस्तै भदौंमा १ करोड ४० लाख १४ हजार लक्ष्य लिएकोमा ९६ लाख २३ हजार ५ सय ५६ रुपियाँ असोजमा १ करोड ५० लाख १६ हजार लक्ष्य लिएकोमा १ करोड ४० लाख २७ हजार ७ सय कात्तिकमा १ करोड ३५ लाख ८४ हजार लक्ष्य लिएकोमा ६९ लाख ५६ सय मंसिरमा १ करोड ४४ लाख ८० हजार लक्ष्य लिएकोमा ५८ लाख ७४ हजार २ सय मात्रै राजश्व असुली गरेको छ । पुस महिनामा १ करोड ४० लाख ३४ हजार लक्ष्य लिएकोमा ९१ लाख ६ हजार मात्रै राजश्व असुली भएको छ । भन्सारले ६० प्रतिशत राजश्व संकलन गरेको छ ।
यता तर्फ नत्र जिल्लाका केन्द्र तह र प्रदेश तहका नेताहरुको ध्यान पुगेको छ नत उद्योग बाणिज्य संघ जस्ता व्यपारी संस्थाहरुकै ध्यान पुगेको छ ।
भारतको कलकत्ता बन्दरगाह देखि नेपालको सबै भन्दा सानो दुरीको भन्सार महेशपुर भन्सार हो ।
त्यस्तै खुल्ला सिमाका कारण भारतबाट अबैध रुपमा माल सामान पैठारी भएर आउने क्रम नरोकिएको भन्सार अधिकारीहरु बताउँछन् ।