जसपा नवलपरासी द्वारा पाल्हि क्याम्पसलाई ज्ञापनपत्र

सुरेश यादव,परासी/ माघ १३ ।

जनता समाजवादी पार्टी जसपा पश्चिम नवलपरासीले पाल्ही बहुमुखि क्याम्पसमा क्याम्पस सभाको सदस्यता नविकरणको म्याद थप गर्न माग गरेको छ । आज क्याम्पस प्रमुख दिपक अर्याललाई ज्ञापन पत्र बुझाउदै जसपाले नयाँ सदस्यको लागी आह्वान गर्ने र पुरानो सदस्यता नविकरण नगर्ने प्रवृत्ति देखिएको भन्दै सचेत गराएको अध्यक्ष धरेन्द्र यादवले बताउनुभयो ।

क्याम्पसको शैक्षिक सुधारमा प्रभावकारी रुपले काम गर्न नसकेको भन्दै जसपाले आपत्ति जनाएको छ । जसपाले क्याम्पस प्रमुख र अध्यक्षले मनोमानी गरेको भन्दै पुरानो सदस्यता नविकरणका लागी म्याद थप नगरे आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ ।