रामग्राम १४ मा निःशुल्क आँखा शिविर सम्पन्न

परासी,माघ १२ ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. १४ मा नि:शुल्क आँखा परिक्षण गर्दा १ सय ३५ जनालाई मोतियाबिन्दु देखिएको छ । सो अवसरमा २ सय ९५ जनाको आँखा परिक्षण गरिएको थियो । आँखामा मोतियाविन्दु देखिएका बिरामीहरुको शल्यक्रिया डाक फाउण्डेसन र विनोद निता कण्डेल आँखा अस्पताल परासीले निःशुल्क गर्ने भएको छ ।

शुक्रवार नेपाल नेत्रज्योति संघ, डा. बिनोद निता कण्डेल आँखा अस्पताल परासीको आयोजना र रामग्राम नगरपालिका वडा न. १४ को स्थानिय संयोजनमा जनता माध्यमिक बिद्यालय डैनहवाको प्राङगणमा एक दिने नि:शुल्क आँखा शिविर गरिएको हो ।

शिविर, वडा नंं १४ का वडाध्यक्ष ओमप्रकाश यादवकोे अध्यक्षता र नेपाल नेत्रज्योति संघ परासी शाखाका सभापति एवं पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा बिद्यालय संचालक समितिका अध्यक्ष रमेश पासी, संचालक सदस्य मुक्ती चौधरी र नेपाल नेत्रज्योति संघ परासी शाखाका कोषाध्यक्ष अमरचन्द्र अग्रवाल, सहकोषाध्यक्ष लक्ष्मीनारायण गुप्ता लगायतले बोल्नु भएको थियाे ।

सम्पन्न निःशुल्क आँखा शिविरको नेतृत्व नेत्र अधिकृत नेत्रबहादुर मगर सहितको प्राबिधिक समुहले गरेको आँखा अस्पताल परासीका व्यवस्थापक तुलसीप्रसाद पराजुलीले जानकारी दिनु भयो ।