दूरदर्शिताका साथ प्रमूख जिल्ला अधिकारी पन्थी

सुरेश यादव,नवलपरासी / माघ ०४ ।

पश्चिम नवलपरासीकाे प्रमूख जिल्ला अधिकारी सुरेश पन्थीको सक्रियाताले जिल्लाका हरेक प्रशासनिक ब्यबस्थापन अति सुन्दर तवरले अगाडि बढिरहेको अवस्था रहेको देखिन्छ ।

जिल्लामा आए देखि प्रजिअ पन्थीको सक्रियताले सार्वजनिक प्रशासनबाट बिना झन्झट सेवाहरु नियमित रूपमा अगाडि बढिरहेको अवस्था रहेको पाईन्छ ।

आम जनताको पिर मर्कालाई ख्याल गर्दै जिल्लाका प्रसासनिक निकायको प्रत्येक दिन नियमित अनुगमन र सुधारको लागि व्यापक छलफलको सकारात्मक बाटो अपनाएर अगाडि बढिरहेका प्रमुख जिल्ला अधिकारी पन्थीले बिहिवार औपचारिक कार्यक्रमको आयोजना गर्दै जिल्ला स्थित पशु क्वारेन्टाइन सबन्धमा छलफल गर्नु भएको छ ।

नवलपरासीको परासीमा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीज्यूको अध्यक्षतामा जिल्लास्थित सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधिहरु, पशु क्वारेन्टाइन कार्यालय, महेशपुर भन्सार कार्यालय, भेटनरी तथा पशु सेवा विज्ञ केन्द्र, जिल्ला स्थित विभिन्न क्षेत्रका व्यवसायी तथा कृषक प्रतिनिधि लगायतको उपस्थितिमा क्वारेन्टाइन सेवाको विद्यमान अवस्था र भावि चूनौती सम्बन्धमा व्यापक छलफल गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।