लागुओैषध सहित परासीबाट एक पुरुष पक्राउ

सुरेश यादव,नवलपरासी/ माघ ०४ ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ५ बाईपास चोकमा प्रहरीले लागुओैषध सहित मानिस पक्राउ गरेकाे छ । महेशपुरबाट पैदल आउदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा रुपन्देही देवदह नगरपालिका वडा नं १२ बस्ने वर्ष २१ को धरमवीर केवटलाई पक्राउ गरेकाे हाे ।

केवटले लगाएको ज्याकेटको दुबै खल्तीबाट प्रहरीले २/२ एम.एल. को नाेरफिन ५२ एम्पुल, दाईजापाम ५२ एम्पुल, फेनरागन ५२ एम्पुल, नाेरफिन स्टिकर ५४ पिस, टम्बाे कम्पनीको keypad माेबाईल १ थान र एन्ड्राेईड मोबाईल १ थान फेला पारेकाे थियाे ।
तत्पश्चात उनलाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभयाे ।