सुरेश यादव,नवलपरासी/ माघ ०४ ।
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं.४ लोहरौलीमा रहेको नेशनल गेष्ट हाउस एण्ड खाजा घरबाट प्रहरीले लागु ओैषध सहित ४ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा पाल्हिनन्दन गाउपालिका वडा नं.३ बेलासपुर बस्ने ३० बर्षिय जमालुद्दिन नाँउ, २४ बर्षिय बिक्रम सहानी, २२ बर्षिय सन्तोष गोसाई र पाल्हिनन्दन गाउपालिका वडा नं.४ लोहरौली बस्ने २५ बर्षिय सोनु पटेल रहेका छन् ।
अबैध लागु औषध खरिद बिक्री तथा ओसारपसार गर्न लागेकाे भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी गेर्मीबाट खटिएको प्रहरी टोलीले उक्त गेष्ट हाउसमा गई चेकजाँच गर्दा उनीहरूलाई लागू ओैषध सहित मंगलबार पक्राउ गरेकाे हाे ।
उनीहरूको साथबाट विभिन्न लागू ओैषध सहित मोबाईल ३ थान फेलापारी रितपुर्वक बरामद गरीएकाे प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभयाे ।
पक्राउ परेका चारै जनालाई लागू औषध मुद्दामा मुद्दा दर्ता गरि अदालतबाट म्याद थप गरेर थप अनुसन्धान कार्य भईरहेको सुचना अधिकारी बाेहराले बताउनु भयाे ।