सुरेश यादव,परासी/ माघ ०३ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ४ मा रहेकाे जिल्लाकाे सबै भन्दा पुरानो पाल्हि बहुमुखी क्याम्पसकाे मुलगेट बुधबार एक कार्यक्रमका बिच शिलान्यास भएकाे छ ।क्याम्पस संचालक समितिका अध्यक्ष राधेश्याम पाठककाे अध्यक्षता तथा पुर्व रक्षा राज्य मन्त्री रामवचन यादवकाे प्रमुख आतिथ्यता एवम् संविधानसभा सदस्य चिनक कुर्मीकाे विशिष्ट आतिथ्यतामा गेटकाे शिलान्यास भएकाे हाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि यादवले नवलपरासी जिल्लाकाे सबैभन्दा पुरानाे रहेता पनि शैक्षिक क्षेत्रमा पछाडि रहेकाे र आउने दिनमा क्याम्पसलाई उत्कृष्ट रुपमा अगाडि बढाउन सबैजना लाग्नुपर्ने जाेड दिनुभयाे । रामग्राम नगरपालिका वडा नं ४ काे आ.व. २०८०/०८१ काे वडा स्तरीय ८ लाखकाे बजेटमा गेट निर्माण हुन लागेकाे हाे । वडा नं ४ का वडा अध्यक्ष मदन यादवले जानकारी दिनुभयाे ।
कार्यक्रममा संविधानसभा सदस्य चिनक कुर्मी,वडा अध्यक्ष मदन यादव,क्याम्पस संचालक समितिका उपाध्यक्ष गजानन्द पटेल,वडा सदस्य द्वय प्रभु लाल माैर्य,शिव प्रसाद काेहार लगायतले बाेल्नु भएकाे थियाे भने स्वागत मन्तव्य क्याम्पसका प्रमुख दिपक अर्याल राख्नु भएकाे कार्यक्रम संचालक प्रध्याक सुर्यनाथ दास पटेलले जानकारी दिनुभयाे ।