सुरेश यादव,नवलपरासी / माघ ०१ ।
नेकपा एकीकृत समाजवादी पार्टी पश्चिम नवलपरासी पाल्हिनन्दनका ईन्चार्ज रामकिशुन बानियाले जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । नेकपा एसमा स्थापना काल देखि सकृय रुपमा काम गर्दै आएका उनी स्व ईच्क्षाले जसपामा प्रवेश गरेकाे जानकारी दिएका छन् ।
पाल्हिनन्दन ३ परसियाका बानिया यस अघि नेकपा एमाले पाल्हिनन्दनका अध्यक्ष रहेका थिए । जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादवले बानियालाई एक कार्यक्रमका बिच पार्टीमा प्रवेश गराई स्वागत समेत गरेका छन् ।