नवलपरासीमा चिसाेका कारण जनजिवन प्रभावित

सुरेश यादव,नवलपरासी/ पुस २८ ।

पश्चिम नवलपरासी लगायत तराईका जिल्लाहरुमा चिसाेका कारण जनजिवन प्रभावित भएकाे छ । चिसाे बढ्दै गईरहेकाले आवतजावतमा समस्या भइरहेकाे छ । बाक्लाे कुहिराे लागि रहेकाले आवतजावत लगायत घरबाट बाहार निस्किन समस्या भईरहेकाे देखिन्छ ।

पहाडी क्षेत्रमा दैनिक घाम लागेपनि तराईमा बाक्लो हुस्सुका कारण जनजिवन कष्टकर भएको छ । चिसोको समयमा विशेषगरी बालबालिका वृद्धवृद्धा बढि प्रभावित हुने गरेका छन् । चिकित्सकहरुले दिर्घरोगि र वृद्धवृद्धा बालबालिकाले चिसो बाट बच्न बढि ध्यान दिनुपर्नेमा जोड दिएका छन् । बिहानै देखि बाक्लो हुस्सु लाग्ने र दिनभरी घाम नलाग्दा तापक्रम घट्दै गएको छ । जसका कारण अन्य स्वस्थ्य व्यक्तिले पनि विशेष ध्यान दिनुपर्नेमा चिकित्सकहरुको भनाई छ । चिसो बढ्दै जादा अस्पतालमा चिसोका कारण श्वासप्रश्वास संग सम्बन्धित विरामिको सङख्या विस्तारै बढ्न थालेको छ ।

साथै चिसोमा पानी तताउने हिटर प्रयोग गर्दा सावधानी अपनाउने, कोठामा हिटर बालेर रातभर नसुत्ने, कोईला वा हिटर बाल्दा हावा आउजाउ गर्न झ्याल ढोका खुल्ला राख्ने गरेमा उपयुक्त हुने चिकित्सकहरुको भनाई छ ।