परासी,पुस २३ ।
पश्चिम नवलपरासी प्रहरीले २२ वर्ष देखि फरार अभियुक्तलाई पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्धामा फरार रहेका रामग्राम १० मन्झरिया बस्ने वर्ष ५८ काे सुमराती डफालीलाई प्रहरीले बिहिबार पक्राउ गरेको हो ।
प्रकाउ पश्चात डफालीलाई आवश्यक कारवाहीको लागि आईतबार नवलपरासी जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिनुभयो । निजलाई पुर्पक्षको लागि नवलपरासी जिल्ला कारागार पठाइएको प्रहरीले जनाएको छ ।