सुरेश यादव,परासी/ पुस१३ ।
पश्चिम नवलपरासी पाल्हिन्दनमा परासी- महेशपुर सडक खण्डकाे परसियामा स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ ।
पाल्हिनन्दन गाउँपालिका वाड नं ३ परसिया निवासी बृजेश तेली गुप्ताले आफै चलाई रहेकाे यूपी ५६ ए ३८२३ स्कुटी अनियन्त्रित भई पल्टिदा उनकाे घटनास्थलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमानीगंजका ईन्चार्ज (असई ) ओेम प्रकाश यादवले जानकारी दिनुभयाे ।
दक्षिणबाट उत्तर तर्फ जाँदै गरेकाे क्रममा स्कुटी अनियन्त्रित भई गुप्ताकाे मृत्यु भएकाे हाे भने उनी बल्ड प्रसेरका राेगि समेत रहेकाे प्रहरीले जनाएकाे छ ।