संस्कृतिक कार्यक्रम्मा केन्द्रीय कलाकारहरुको निमन्त्रणा भईसकेको,साथै स्थानिय संस्कृतिलाई झल्काउने गरी विभिन्न साँस्कृतिक कार्यक्रमको अभ्यास भइरहेको खनालले बताउनु भयो । संस्कृतिक कार्यक्रम्मा दोस्रो दिन १६ गते जिल्ला स्तरीय वक्तृत्वकला, खेलकुद, पुर्व शिक्षक सम्मान तथा सुभकामना, साँस्कृतिक कार्यक्रम, पुरस्कार वितरण, खाना महोत्सव, जलपान, बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको छ । तेस्रो दिन १७ गते संस्थापक, पुर्व वि.व्य.स., पुर्व शि.अ.स, पुर्व विभिन्न उप–समिति सम्मान, नगरपालिका स्तरिय खुल्ला म्याराथुन प्रतियोगिता, साँस्कृतिक कार्यक्रम, खाना महोत्सव, जलपान, बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको छ । चौथो दिन १८ गते साँस्कृति कार्यक्रम, चन्दादाता, दानदाता सम्मान तथा सुभकामना जलपान, खाना महोत्सव, रक्तदान कार्यक्रम र बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको छ । त्यस्तै पाचौँ दिन १९ गते पुर्व विद्यार्थी पुर्नमिलन, सम्मान तथा सुभकामना, साँस्कृतिक कार्यक्रम, खाना महोत्सव, जलपान, बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको छ । छैठौँ दिन २० गते जिल्ल स्तरिय भलिबल प्रतियोगिता फाइनल, साँस्कृतिक कार्यक्रम, खाना महोत्सव, जलपान, बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको छ ।
त्यस्तै कार्यक्रमको सातौँ दिन २१ गते दिप प्रज्वलन, स्मारिका विमोचन, साँस्कृतिक कार्यक्रम, सम्मान, पि.टी. खाना महोत्सव, जलपान तथा समापन र बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको विद्यालयले जनाएको छ । कार्यक्रमको समुद्घाटनको प्रमुख अतिथिको रुपमा नेपाल सरकारको सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्मालाई निमन्त्रणा गरिएको र यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने विभिन्न तहका जनप्रतिनिधिहरुलाई फरक–फरक दिन प्रमुख अतिथिको रुपमा बोलाउने खनालले बताउनुभयो ।