नवलपरासी / पुस ०६ ।
पश्चिम नवलपरासी सरावल गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मुण प्रसाद चाैधरीले सुकुम्बासी पुर्जा फारम दर्ताका लागि मनाेमानि तवरले दस्तुर संकलन गरेको आराेप लगाईएकाे छ ।
सुकुम्बासी लालपुर्जा फारम दर्ताकाे लागि आफू मनाेमानि ढंगले सर्वदलीय बैठकबाट निर्णय गरेर भत्ता वितरणका लागि शुल्क उठाउन लागेको स्थानीयले बताएका छन् । आफू निर्वाचित भए लगत्तै विभिन्न बजेट घाेटाला गरि भ्रष्टाचार गर्दै आईरहेका भनी जनताकाे भनाइ छ । करिब ७५ जनाले भर्न लागेको सुकुम्बासी फारम दर्ताबाट रु ५०० का दरले शुल्क उठाई जनप्रतिनिधि र अन्य शिर्षकमा भत्ता वितरण गरेकाे जनगुनासाे रहेको छ ।
पुर्व वडा अध्यक्ष दिनेश सहानिकाे नेतृत्वमा प्रहरी बाेलाई र स्थानीय बासि एक जुट भई चाैधरीलाई जेल पठाउन र अख्तियारमा मुद्दा छाेडन जान लागेपछि पुन पैसा फिर्ता गर्न भनी लक्ष्मुण प्रसाद चाैधरी माफि समेत मागेका थिए ।