परासी/ पुस २ ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा अवस्थित सरावल बचत तथा ऋण सहकारी संस्था लि. काे साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ।
सरावल बचत तथा ऋण सहकारी संस्था लि. काे १३ औं साधारणसभा तथा चाैथाे अधिवेशन बाट उमेश कुमार बि.ककाे अध्यक्षतामा ११ कार्यसमिति चयन भएको हाे।
जसको उपाध्यक्षमा ठगनी देवी हरिजन , सचिव खदेरन प्रसाद काेहार , सहसचिव रमिला शाही , काेषाध्यक्ष रन्जु हरिजन चयन हुनु भएको हाे ।
त्यस्तै सदस्यहरुमा रिता क्षेत्री ,ईसरावती हरिजन ,लालती हरिजन ,सावित्री हरिजन , गिरजा दुसाध ,लिलावती हरिजन लगाएत सर्वसहमत चयन हुनुभएको निर्वाचन समिति संयाेजक तथा सरावल गाउँपालिका प्रशासन शाखा प्रमुख देशकान्त बस्यालले जानकारी दिनुभएको हाे।
वार्षिक साधारण सभा तथा अधिवेशन संस्थाकाे अध्यक्ष ठगनी देबी हरिजनकाे अध्यक्षता तथा सरावल गाउँपालिमा अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।
वार्षिक साधारण सभा तथा अधिवेशन कार्यक्रममा बाेल्दै पालिका अध्यक्ष चाैधरीले सहकारी क्षेत्रको जगेर्ना गर्न सके आमजनताको जीवनस्तर उकास्न सहजहुने धारणा राख्नुभयो । उहाँले सहकारी क्षेत्रमा रहेकाविकृति–विसङ्गति हटाउन सबै लाग्नुपर्ने उल्लेख गर्दै उहाँले ऐन, नियम, नीति–निर्देशिका बमोजिम संस्था सञ्चालन नभएमा समस्यानआउने बताउनुभयो । एक व्यक्तिएक सहकारीको अवधारणा अव्यवहारिक हुने उहाँले बताउदै पछिल्लो समयमा सहकारी संघसंस्थाहरूले मुलुकमा आर्थिक समृद्धिका लागि ठुलो टेवा पुर्याएको बताउनुभयो । सहकारी अभियानले छरिएर रहेका पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै मुलुकको गरिवी न्युनीकरण र समग्र आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । सहकारी बुढेसकालकाे सहाराकाे रुपमा स्थापित भएकाे बताउदै पालिकाबाट यश सहकारीलाई चाहिने आवश्यक सहयोग साथ दिने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियोे ।
त्यस्तै उपाध्यक्ष बासमति हरिजनले अर्थतन्त्र चलायमान बनाउन सहकारी संस्थाको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । देशमा बढ्दै गइरहेको आर्थिक संकटलाई कम गरी अर्थतन्त्रलाई सकारात्मक दिशामा हिँडाउन सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिसँग जोडिनु पर्ने बताउनुभयो । सहकारीले महिलाहरु एक ठाउँमा उभ्याउन सफल भएको बताउदै महिला दिदीबहिनीहरुलाई सक्षम बन्नुको साथै पैसाको बचत गर्ने बानीको विकास गरेको उहाँले बताउनुभयो । सहकारी अगाडि बढाउनमा गाउँपालिकाबाट सकारात्मक भुमिका रहने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो।
साधारणसभा तथा अधिवेशन कार्यक्रममा सरावल ३ वडा अध्यक्ष फिरंगी चाैधरी तथा पत्रकार उमेश बि.कले आजकाे समयमा महिलाको ठुलो साथि सहकारी भएको छ। आफुले चाहेको बखत पैसा जम्मा गर्न पाइने र आवश्यकता अनुसार निकाल्न पाउने भएकोले सहकारी हरेक महिलाको लागि आवश्यक छ। यसले महिला नेतृत्वमा ठुलो सहयोग गरेको भन्दै अगामि दिनमा सहकारी बिकासको लागि सहयोग र साथ दिने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो।
सहकारी २८ लाख ४६ हजार ८ सय ८६ रुपैया बराबरकाे काराेवार गरेकाेमा १ लाख १९ हजार ८ सय ७९ रुपैया शुद्ध नाफा कमाएको संस्थाकाे ब्यवस्थाक रेश्मी बि.कले जानकारी दिनुभयाे ।
साधारणसभामा एकल महिलालाई सम्मान सहित गरिएको थियो । २०६८ सालमा दर्ता भएको सहकारीमा २०० जना शेयर सदस्य रहेका छन । संस्थाका सहसचिव रमिला शाहीकाे स्वागत मन्तब्यबाट सुरुवात भएको साधारणसभा तथा अधिवेशनकाे कार्यक्रम सञ्चालन सन्दिप बि.कले गर्नुभएको थियो ।