महाकबी देवकाेटा द्वारा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत प्रभातफेरी सहित अन्तरक्रिया

नवलपरासी/मंसिर २२ ।

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत महाकबी देबकोटा नमुना माध्यामिक बिधालय सुनवल ४ ले प्रभातफेरी सहित अन्तरक्रिया कार्यक्रम गरेको छ । बिधालयको प्रङ्गणबाट सुरु भएको प्रभातफेरि सुनवल चोक पुगि पुन बिधालयमा फर्किए लगत्तै लैगिक हिसा विरुद्धको अभियानका बारेमा अन्तरक्रिया भएको हो ।

अन्तरक्रिया कार्यक्रम बिधालयका प्रध्यानाध्यापक खेमलाल जोशी शर्माको अध्यक्षता तथा बिधालय ब्यवस्थापन समिती अध्यक्ष ज्ञानहरि अर्यालको प्रमुख आतिथ्यता मा सप्पन्न भएको हो । कार्यक्रममा बोल्दै ब्यवस्थापन समिती अध्यक्ष अर्यालले लैङिक हिसा विरुद्ध अभियानको अवसरमा ११/१२ का कानुन पढ्ने बिद्यार्थीहरुको संयोजनमा सचेतनात्मक तथा शिर्जनात्मक कार्यक्रम गर्दै समग्र समाजलाईनै आगामी दिनमा पनि सचेत गराउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा बिधालयका प्रध्यानाध्यापक खेमलाल जोशी शर्मा, शिक्षक अभिभावक संघ सदस्य धनेश्वर कवर, शिक्षक रुकमागत बस्याल, बिद्यार्थीहरु अकेला गुरुङ, सुरुची यादब, ममता नाउ, सरस्वती खवास लगाएले लैङ्िगक हिसा विरुद्धको बारेमा आ आफ्नो धारण राख्नुभएको थियो । कार्यक्रम स्वागत मतब्य बिद्यार्थी कमला न्यौपानेको रहेको थियो भने कार्यक्रम संचालन बिद्यार्थी द्व्य शंकर अर्याल र अपेक्षा ढकाल गरेका थिए ।