नवलपरासी प्रहरीद्वारा लागूऔषध सहित एकजना पक्राउ

सुरेश यादव,नवलपरासी/ मंसिर २० ।

पश्चिम नवलपरासी प्रहरीले आज बिहान ७:१० बजेकाे समयमा लागूओैषध सहित एक मानिसलाई जिल्लाकाे रामग्राम नगरपालिका वडा नं ४ केरवानी भित्री सडकबाट पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी नायब निरीक्षक बिष्णुराज तिमल्सिनाकाे कमान्डमा खटिएको प्रहरी टाेलीले नियमित चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभयाे ।

दक्षिणबाट उत्तरतर्फ आउदै गरेकाे लु ६४ प ३७८७ नम्बरको माेटरसाईकललाई राेक्न खाेज्दा माेटरसाईकलमा सवार ३ जना मध्ये २ जना फरार र साेही माेटरसाईकलमा सवार पाल्हिनन्दन गाउपालिका वडा नं ४ लाेहराैली बस्ने वर्ष २१ काे सागर गुप्ताले बाेकेकाे कालाे रङ्गको झाेलामा लागूऔषध बुपरनाेफिन १ सय ९६ एम्पुल,डाईजेपाम १ सय ९८ एम्पुल,फेनरागन १ सय ९८ एम्पुल, हिराेईन जस्ताे देखिने खैराे पदार्थ १२ ग्राम फेला परेकाले रितपूर्वक बरामद गरि माेटरसाईकल र निज व्यक्तिलाई तत्काल नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखिएको र फरार रहेका अन्य २ जनाकाे खाेजतलास तथा थप अनुसन्धान कार्य भईरहेकाे सुचना अधिकारी बाेहराले बताउनुभयाे ।