सुरेश यादव,नवलपरासी/ मंसिर १९ ।
पश्चिम नवलपरासी सरावल गाउँपालिका वडा नं ७ बर्गदवामा रहेकाे बर्दघाट कालिका ईङ्गलिश स्कुलका सहायक प्रधानध्यापक निरंजन यादवले एक बालिका विद्यार्थीलाई मरणासन्न हुने गरी कुटेका छन् । यादवको कुटाईबाट बिद्यार्थीको पिठ्यूँमा डाम उठेको छ ।
नेपालको संविधान २०७२ को भाग ३ को धारा ३९ को उपधारा ७ बमोजिम भनिएको छ ” कुनै पनि बालबालिकालाई विद्यालयमा शारीरिक यातना दिन पाइने छैन ,यदि यस्तो कार्य गरेको खण्डमा कानून बमोजिम दण्दनिय कार्वाही हुनेछ र उपधारा १० बमोजिम पीडित बालबालिकालाई पीडकबाट कानून बमोजिम क्षति पूर्ति पाउने ” वैधानिक व्यबस्था गरिएको छ ।
बर्दघाट कालिका ईङ्गलिश स्कुल कक्षा १ मा अध्ययनरत विद्यार्थी कञ्चना राजभरलाई उक्त विद्यालयमा कार्यरत शिक्षकले पिठ्यूँमा डाम पर्नेगरि पिटेपछि घटना बाहिर सार्वजनिक भएकाे हो ।
बच्चालाई फकाई फुलाई पढाउनु पर्ने ठाउँमा बच्चाको घाउ देखेर मनै समाल्न नसक्ने गरि आम मानिसको आँखामा आसु आउने गरी पिट्नु एउटा अशल शिक्षकको गुण अबगुणको बारेमा स्पष्ट बुझ्न सकिन्छ ।
पिडित बालिकाकि अभिभावकले कानुन बमोजिम कार्वाहीका लाग जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन परासी आएपछि उक्त विधालयका प्रिन्सिपल जितेन्द्र कुमार यादवले विभिन्न बहाना बनाई कार्वाही प्रकृया अगाडि नबढाउन भन्दै अनुराेध समेत गरेता पनि उक्त पिडित पक्षले उजुरीका लागि प्रहरी कार्यालय पुगेका छन् ।
हामिले स्कुलका प्रिन्सिपल यादव संग किन तपाईकाे स्कुलमा यस्ता घटनाहरु पटकपटक हुने गरेकाे छ भनेर साेध्दा उनले आउने दिनहरुमा यस्ता घटना नदाेहरीने बताएका छन् भने दाेसी शिक्षक निरंजन यादव आफ्ने भाई भएता पनि स्कुलबाट निस्कासन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
साथै वडा नं ७ का वडा अध्यक्ष हयात खाँ धुनियाकाे नेतृत्वमा स्थानिय द्वारा स्कुलमा तालाबन्दी समेत गरेकाे एक स्थानियले बताएका छन् ।