उखु किसानद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

सुरेश यादव,नवलपरासी/मंसिर १७ ।

पश्चिम नवलपरासीका उखु किसानहरुले उखु काट्न पाउनुपर्ने व्यवस्था मिलाउनकाे लागि प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिका प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् ।

सुनवल नगरपालिका भित्र अवस्थित लुम्बिनी चिनी मिलकाे प्रदुषण स्थानीयलाई अधिक रुपमा असर गरिरहेकाले स्थानीयले संघर्ष समिति बनाई केही दिन देखि मिलले प्रदुषण व्यवस्थापन गरि मिल सञ्चालन गर्नु पर्ने बिराेध गर्दै आएका छन् ।

यता उखु किसानहरुले उखु बाली काट्ने समय भई सकेकाले उखु काट्न पाउनुपर्ने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिलाई ज्ञापनपत्र बसझाइएकाे एक उखु किसानले जानकारी दिएका छन् । गत वर्ष नेपाल सरकारले उखुकाे समर्थन मूल्य ५ सय ४० ताेकेकाे थियाे भने यस वर्ष सरकारले समर्थन मूल्य नताेकेकाले जिल्लामा रहेका कुडियाकाे खड्सारी र ईन्दिरा चिनी मिलले गत वर्षकै समर्थन मुल्यमा उखु क्रसिङ्ग गरिरहेकाे कसानहरुले दाबी गरेका छन् । साथै जिल्लामा ४७५ जना किसानले उखु खेती गरेकाे देख्न सकिन्छ ।

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनत्र बुझाउने क्रममा क्षेत्र नं १ (ख) का प्रदेश सभा सदस्य देव करण कलवार,जिसस प्रमुख भगाैती यादव (रुदल),नेपाल उधाेग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारी,जिल्ला प्रहरी कार्यालयका प्रमुख काजी कुमार आचार्य लगायत किसानहरुकाे उपस्थिति रहेकाे थियाे ।