नवलपरासी / मंसिर १६ ।
पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालय नवलपरासी बाट प्रहरी निरीक्षक प्रकाश भुसालको कमाण्डमा खटिएको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको संयुक्त प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं. १५ नौडिहवा बाट दुई लाख सोह्र हजार बराबरको चिनी बरामद गरी नियन्त्रणमा लिएको छ ।
बर्दघाट नगरपालिका वडा नं. १५ नौडिहवा मा रहेको धर्म न्यौपानेको एक तल्ले टिनले छाएको घरमा अवैध रुपमा भन्सार छली ल्याई लुकाई छिपाई राखिएको ५० किलोको दरले ५४ बोरा २७ क्वीन्टल अन्दाजी मुल्य दुई लाख सोह्र हजार बराबरको चिनी बरामद गरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी सुदर्शन पन्थीले जानकारी दिनुभएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बाट प्रहरी निरीक्षक प्रकाश भुसालको कमाण्डमा खटिएको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको संयुक्त प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं. १५ नौडिहवा बाट ५० किलोको दरले ५४ बोरा २७ क्वीन्टल अन्दाजी मुल्य दुई लाख सोह्र हजार बराबरको चिनी बरामद गरी नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि महेशपुर भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी सुदर्शन पन्थीले जानकारी दिनुभयाे ।
जिल्ला प्रहरी कार्यालयले सीमा क्षेत्रमा निगरानीसँगै सुरक्षा गस्ती बढाएको जनाएको हाे । तस्करी र अपराधिक कृयाकलाप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लाका सबै सीमा क्षेत्रमा सवारी साधानसँगै पैदल गस्तीलाई बढाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीको सुचना अधिकारी जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी सुदर्शन पन्थीले जानकारी दिनुभएको छ।